Home  
Janahit Voice

सत्ता गठबन्धनले मुख्यमन्त्रीमा थापाको दाबी पेश गर्न प्रदेश नेतालाई दिए निर्देशन

२१ असार २०८०, बिहीबार

कोशी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता उद्धब थापाको दाबी पेश गर्न सत्तारुढ गठबन्धन दलका शीर्ष नेताले प्रदेशका नेताहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको सत्तारूढ ७ दलको बैठकले कोशीमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखसहितको दाबी पेश गर्ने निर्णय गरेको हो।

त्यसअघि सात दलीय सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापालाई बनाउने निर्णय गरेको भएपनि राप्रपाको समर्थन नहुँदा के गर्ने भन्ने अन्यौल थियो ।

गठबन्धन दलले राप्रपाको समर्थन प्राप्त नभएपनि थापालाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सार्दै आज बेलुका ५ बजेभित्र प्रदेश प्रमुख पर्शुराम खापुङकोमा दाबी पेश गर्न निर्देशन दिएका हुन् ।

काँग्रेस संसदीय दलका नेता उद्धब थापा, माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईसमेतलाई शीर्ष बैठकमा आमन्त्रण गरी यस्तो निर्देशन दिइएको हो । नेताहरुको निर्देशनपछि दलका नेताहरु मुख्यमन्त्रीको दाबी पेश गर्न काठमाडौंबाट विराटनगर फर्कंदैछन् ।

कोशी प्रदेशको गठबन्धनमा कांग्रेस (२९), माओवादी केन्द्र (१३, सभामुखसहित), एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी १ गरी ४७ सिट छ । शुक्रबार विश्वासको मत नपाएपछि हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *