Home  
Janahit Voice

गुडिरहेको बसमा करेन्ट लाग्दा बाबु छोराको मृत्यु

२१ असार २०८०, बिहीबार

सल्यान – सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको गङ्गादेव गाउँपालिका –४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्दाजी ४० वर्षका टोपलाल डाँगी रहेको सल्यान प्रहरीले जनाएको छ ।

लत्रिएको विद्युत तारले रा१ख ८३४ नम्बरको बसमा बसलाई छुँदा राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट-३ चोरखोला नजिक करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ ।

 

यस्तै उक्त घटनामा सल्यानको छत्रेश्वरी गाउँपालिका–६ का अन्दाजी वर्ष ३५ का महेन्द्र वली घाइते भएको पनि प्रहरीले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *