Home  
Janahit Voice

एमाले गर्यो राष्ट्रिय सभा बैठक आज पनि अवरुद्ध

२१ असार २०८०, बिहीबार

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गर्दै राष्ट्रिय सभा बैठक अवरोध गरेको छ ।  दिउँसो १ बजे बैठक सुरु भएको बैठक सुरु भएलगत्तै एमाले सांसदहरू सिटबाट उठेर विरोध जनाए।

गत सोमबार प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै अभिव्यक्ति दिएका थिए ।

राष्ट्रिय सभा अध्यक्षले पटकपटक आग्रह गर्दासमेत बैठक चल्न नदिएपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएको भन्दै राजीनामा नदिएसम्म सदन चल्न नदिने बताए।

गत सोमबार पुस्तक विमोचनका क्रममा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार पनि दुवै सदन अवरुद्ध गरेको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *