Home  
Janahit Voice

कोशी प्रदशेका नवनियुक्त मन्त्री सुनुवार र जगेवुले लिए शपथ

२२ असार २०८०, शुक्रबार

विराटनगर – कोशी प्रदशेका मुख्यमन्त्री उद्धव थापाले सत्तागठबन्धन दलका २ जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मुख्यमन्त्री थापाले सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादीलाई समेटेर सुरुमा सानो मन्त्रिमण्डल बनाएका हुन् ।

शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र एसबाट कमल जवेगु मन्त्री भएका छन् । नियुक्त भएका मन्त्रीलाई नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका छन् ।

माओवादीले केन्द्रले भने मन्त्रीमा कसलाई पठाउने भन्ने नाम टुंगो लगाउन सकेन । बिहीबार मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री थापाले शुक्रबार प्रदेश प्रमुखबाट सपथ लिएसँगै मन्त्रिमण्डल विस्तार गरेका हुन्

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *