Home  
Janahit Voice

महानगरले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न र आवेदनको समय कम्तिमा १५ दिन राख्न दियो निर्देशन

२२ असार २०८०, शुक्रबार

कक्षाा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न शिक्षण संस्था हरूलाई काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ ।

महानगरको शिक्षा विभागले शुक्रबार  सूचना जारी गर्दै कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको हो ।

महानगर अन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९/८०८० मा कक्षाा ११ मा भर्ना भएका विद्यार्थीहरूको संख्या असार मसान्तभित्र पठाउन शुक्रबार महानगरले निर्देशन दिएको हो ।

महानगरले देशका दूर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौं आउने विद्यार्थीहरूले आवेदन दिन सक्नेगरी एसईई नतिजा सार्वजनिक भएको मितिबाट कम्तिमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी भर्ना कार्यक्रम तय गर्न शिक्षण संस्थालाई निर्देशन दिएको छ ।

महानगरको विद्यार्थी भर्नासम्बन्धी सूचना-

कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न महानगरको सूचना-

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *