Home  
Janahit Voice

अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत भेटिए

२२ असार २०८०, शुक्रबार

काठमाडौं-फिल्म अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन् । उनी काठमाडौं रातोपुलस्थित आफ्नै निजी निवासमा मृत भेटिएका छन् ।

ताम्राकार बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ।

घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । उनको मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

फिल्म ‘रानी’बाट अभिनय करिअर थालेका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त थिए । यो फिल्मको अहिले ४५ प्रतिशत मात्र छायांकन सकिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *