Home  
Janahit Voice

थापा नियुक्त बदर गर्दै आफूलाई मुख्यमन्त्री नियुक्तको माग लिएर कार्की पुगे सर्बोच्चमा

२२ असार २०८०, शुक्रबार

विराटनगर- कोशी प्रदेशको नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै नेकपा एमाले सर्वोच्च अदालतमा पुगेको छ ।

सभामुखको समेत हस्ताक्षर जोडेर बहुमत देखाई नेपाली काँग्रेस संसदीय दलका नेता उद्धब थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की सर्बोच्चमा रिट लिएर पुगेका हुन् ।

कार्कीको रिट बोकेर एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितको टोली सर्बोच्च प्रशासन पुगेको हो । भण्डारीका अनुसार रिट दर्ताको प्रक्रियामा रहेको छ ।

एमालेले संविधानको धारा १६८(२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेको छ । सो उपधारा अनुसार प्रदेशसभामा रहेको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्ने परमादेश माग्दै कार्की सर्वोच्च पुगेका हुन् ।

संविधानको प्रक्रिया मिचेर सरकार बनाइएकोले सो असंवैधानिक कदमविरुद्ध सर्वोच्चमा आइपुगेको भण्डारीले बताए । यता मुख्यमन्त्रीमा नियुक्त भएका थापाले भने सपथ लिएर पदबहाली गरिसकेका छन् ।

थापाको नियुक्त बदर गर्दै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग सहित कार्की सर्बोच्चमा

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *