Home  
Janahit Voice

भारत स्थित बिबिसीको कार्यलयहरुमा आयकार विभागको छापा

३ फाल्गुन २०७९, बुधबार

०३/१०/२०७९ काठमाण्डौ।

भारतको दिल्ली एंव मुम्बईमा रहेको बिबिसीको कार्यलयमा अन्तराष्ट्रिय कर हिनामीना गरिएको भन्दै भारतको आयकर विभागले छापा मारेको छ। भारतको यो कदम विरुद्द् ब्रिटेन र अमेरिकाले ” हामी स्वतन्त्र पत्रकारीताको मह्त्त्वलाई समर्थन गर्दछौं ” भनि प्रतिक्रिया दिएका छन।

पी.एम मोदी संग सम्बन्धित बिबिसीको विवादित डकुमेन्ट्रीको परिप्रेक्षमा यो आयकर विभागको छापा परेको भन्नेअनुमान गरिएको छ।

अमेरिकाको बिदेश मन्त्रालयका प्रवक्ता नेड प्राईसले प्रेस मिटको क्रममा “भारतमा बिबिसीको कार्लयमा जारी ट्याक्सको छापा बारे जानकारी त छ तर कुनै पनि प्रतिक्रिया दिने मनस्थितीमा हामी छैनौ” भन्दै अधिक जानकारीको लागि आयकर विभागका अधिकारी सम्पर्क गर्नुस् भन्ने सुझाव दिएका छन।

भारतको मुख्य विपक्षी पार्टी कांग्रेसले छापाको समय परिस्थितीलाई लिएर प्रश्न गर्दै भनेको छ् “बिबिसीमा डकुमेन्ट्री लाई निषेध गर्नु र बिबिसी कार्यलयमा आयकर बिभागले छापा मार्नुले अघोषित आपतकाल दर्शाउंछ। बिनासेकाले बिपरित बुद्धि” एडिटर्स गिल्ड अफ इण्डिया लगायतका विभिन्न् सघं संस्थाहरुको चौतर्फि आलोचनाको सामना अहिले सत्तापक्षले गरिरहेको छ। स्मंरण रहोस केहि समय अगाडि प्रधानमन्त्री मोदी संग समंबन्धित गुजरातको डकुमेन्ट्रीलाई निषेध गरिएको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *