Home  
Janahit Voice

गठबन्धनलाई ओलीको जवाफ:स्पट तोकेर बोलाए हुन्छ, आउन तयार छौ

२२ असार २०८०, शुक्रबार

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षको चुनौती स्वीकार गर्ने बताएका छन् । उनले प्रतिम सिंह प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भनेर झुट बोलेको बताएका छन् ।

शुक्रबार किर्तिपुरमा स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारतले अहिलेसम्म नेपालमा सरकार बनाउँछु नभनेको भन्दै प्रीतम सिंहलाई अनावश्यक मुछेको बताएका हुन् ।

उनले नेपालमा बहुदलीय व्यवस्था भएपनि कानुनी राज नभएको भन्दै संसदबाट छानिएको सरकार नभएको कुरा प्रधानमन्त्री आफैले भनेको बताए ।

‘अस्ति प्रधानमन्त्री आफैले एउटा प्रमाण बल्ल पेश गर्नुभएको छ । यस्ता प्रमाण कति छन्’, उनले भने, ‘कति कुदेका छन् दिल्ली, कति उडेका छन् दिल्ली ।’प्रतिम सिंहलाई पनि बेकार मुछेको भन्दै ओलीले भारतले अहिलेसम्म नेपालमा सरकार बनाउँछु भनेर नभनेको बताए ।

ओलीले राष्ट्रियता र देशको सार्वभौमसत्तामाथि मजाक उडाएकाले एमालेले प्रधानमन्त्रीको राजीनामा मागिएको बताए । उनले गठबन्धनले बिहीबार बैठक बोलाएर मसल ठटाएर पार्लियामेन्टमै भेटौला भनेको भन्दै प्रतिपक्षले भेटौला भनेपछि भेट्नैपर्ने बताए ।

‘उहाँले के का लागि पार्लियामेन्टमै सामना गर्छौ भनेको हो ? उहाँहरुले वार्ता गर्छौ समस्या समाधान गर्छौ भन्नुभएन । पार्लियामेन्टमा सामना गरिन्छ भन्नुभयो, प्रतिपक्षको म मसिनो स्वरमा भन्न चाहन्छु–पार्लियामेन्टमात्र होइन सत्तापक्ष जहाँ भन्छ हामी त्यहाँ तयार छौ । स्पट तोकेर बोलाए हुन्छ ।’

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *