Home  
Janahit Voice

भुटानी शरणार्थी प्रकरणमा आरजुको नाम लिएको अडियो सन्देश शर्माको स्वरसँग मिल्यो

२४ असार २०८०, आईतवार

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवाको नाम लिइएको अडिओ  जेलमा रहेका सन्देश शर्माको स्वरसँग मिलेको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ घर भएका ३४ वर्षीय शर्मा कारागारमा छन्। उनीमाथि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले ठगी तथा संगठित अपराध कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ।

आरजुले उक्त अडिओ ‘फेक’ भएको दाबी गर्दै सत्यतथ्य बाहिर ल्याउन प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन्।

नेपाल प्रहरी महानिरीक्षक सचिवालयका प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले आइतबार निवेदकलाई दिएको जानकारी पत्रमा शर्माको स्वरसँग अडिओ मेल खाएको उल्लेख गरेका छन्।

‘उक्त अडिओ कहाँ र कसबाट उत्पति भएको भन्ने सम्बन्धमा टिकटक सिंगापुरलाई पत्राचार भएकोमा थप विवरण प्राप्त हुन सकेको छैन। निज सन्देश शर्माको सम्बन्धमा मुद्दा अदालतमा कारबाहीकै क्रममा रहेकोले थप विवरण अदालतबाट हुने व्यहोरा जानकारी गराइन्छ,’ उक्त जानकारी पत्रमा उल्लेख छ।

गत वैशाख २४ गते सेतोपाटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा राणा र कांग्रेसकी अर्की सांसद मञ्जु खाणको नाम जोडिएको अडिओबारे समाचार छापेको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *