Home  
२५ असार २०८०, सोमबार
राष्ट्रिय सभा बैठक भोलिलाई सर्यो
काठमाडौं – राष्ट्रिय सभाको बैठक सरेको छ ।सोमबारका लागि बोलाइएको बैठक मंगलबारका लागि सरेको हो ।
बैठक आज बिहान ११: ०१ बजे बोलाइएको थियो । तर, विशेष कारण भन्दै मंगलबार सोही समयसम्मका लागि सारिएको राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ । आइतबार सदन खुलाउन एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति गरे पनि सहमति भएको आधा घण्टामै भाँडिएको थियो ।