Home  
Janahit Voice

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले भदौ १ गते शिशु प्रदर्शनी गर्ने

२५ असार २०८०, सोमबार

काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले शिशु प्रदर्शनी गर्ने भएको छ । अस्पताल आउँदो  ५९औँ शिशु प्रदर्शनी गर्ने भएको हो ।

अस्पतालले प्रसूति गृहमै जन्मेर एक वर्षसम्मका शिशुलाई प्रदर्शनीमा सहभागी सोमबार एक सूचना जारी गरेको हो । जन्मेदेखि ४५ दिनसम्म, ४६ दिनदेखि छ महिनासम्म र छ महिना एक दिनदेखि एक वर्षसम्म गरी छुट्टाछुट्टै तीन उमेर समूहका शिशुलाई भाग लिन आह्वान गरेको छ ।

प्रदर्शनीमा सहभागी गराउन चाहने अभिभावकले असार २५ गतेदेखि साउन २४ गते सम्म दरखास्त दिनुपर्ने हुन्छ । प्रदर्शनीमा उत्कृष्ट हुने शिशुलाई भदौ २० गते अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पुरस्कार र प्रमाणपत्र दिइने छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *