Home  
Janahit Voice

बासी भातको निहुँमा सौतेनी आमाको हत्या

२५ असार २०८०, सोमबार

 जनकपुर- बासी भात खान दिएको निहुँमा एक युवकले सौतेनी आमाको हत्या गरेका छन।

भारत बिहारको बेतिया नरकटियागञ्ज थाना केयुनियाका २० वर्षीया प्रेमले सौतेनी  आमालाइ काठको मुंग्रोले हानेर हत्या गरेको आरोपमा  उनलाइ धनुषा प्रहरीले पक्राउ गरेको छ ।

उनी धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ शिवनगर पथराईका अशोक जैसवालको घरमा डेरा गरी परिवारसहित बस्दै आएका थिए।

प्रेमले कान्छी आमा ३९ वर्षीय मीरा देवी भगतको टाउकोमा काठको मुंग्रो बजारेर हत्या गरेको धनुषाका प्रहरीले बताएको छ।

प्रहरीका अनुसार शनिबार दिउँसो बासीभात खाने विषयमा विवाद भएको थियो । आवेशमा प्रेमले काठको मुंग्रो पछाडिबाटै सौतेनी आमाको टाउकोमा प्रहार गरेका थिए ।

मीरादेवीको घटनास्थलमै मृत्यु भएपछि उनले घटनालाई ढाकछोप गन शवलाई जलाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका  प्रेमले आफ्ना बुवासँगै बसेर राजमिस्त्रीको काम गर्दै आएका थिए

पक्राउ गरेका युवक र जल्न बाँकी कपडासहित प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *