Home  
Janahit Voice

सडेगलेको र ढुसी परेको मिठाइ बेचेपछि लाजिम्पाटको आकाश फुड्सलाई डेढ लाख जरिवाना

२६ असार २०८०, मंगलवार

काठमाडौँ – किरा र ढुसी परेको मिठाइ बेचेको आरोपमा काठमाडौं महानगरपालिकाले लाजिम्पाटमा रहेकको आकाश फुड्सलाई  डेढ लाख रुपैयाँ जरिवाना गराएको छ ।

लाजिम्पाट वडा नम्बर २ मा रहेको उक्त फुड्सका सञ्चालक अंकुर अग्रवाललाई सडेगलेको र ढुसी परेको मिठाइ तथा किरा परेको अन्य खाद्य सामाग्री बिक्री वितरण गरेको भन्दै महानगरले एक लाख पचास हजार रूपैयाँ जरिवाना गरेको हो ।

महानगरले बजार व्यवस्थापन तथा अनुमगन ऐन,२०७७ को दफा २९ को खण्ड ९ बमोजिम कसुर गरेको भन्दै सोही ऐनको दफा ३० को उपदफा १ बमोजिम सो रकम जरिवाना गराउन लागेको हो ।

महानगरले सात दिनभित्र बजार अनुगमन समितिको खातामा रकम जम्मा गर्न आदेश दिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *