Home  
Janahit Voice

सोलुखुम्बुको दुर्घटनाग्रस्त हेलिकप्टर खोज्न काठमाडौँबाट हेलिकप्टर परिचालन

२६ असार २०८०, मंगलवार

काठमाडौँ – सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ ।

सोलु दुधकुण्ड नगरपालिका–२ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटना भएको पुुष्टि गर्दै थप जानकारी आउन बाँकी रहेको बताएका छन।
‘हेलिकप्टर क्षतविक्षत भएको ठाउँमा  वडामा रहेको प्रहरी टोली घटनास्थलमा पुगेको बताइएको छ।

अहिले भने दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर खोज्न काठमाडौँबाट हेलिकप्टर परिचालन गरिएको छ । ६ जनाको उद्दार टिमसहित अल्टिच्यूड एयरको हेलिकप्टर परिचालन गरिएको मनाङ एयरका प्रमुख कार्यकारी अधिकृत राजु न्यौपानेले बताएका छन।

गृह मन्त्रालयको ‘कन्ट्रोल रुम’ का अनुसार १० बजेर १३ मिनेटमा मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर लुक्ला टावरको सम्पर्ककमा आएको थियो । त्यसपछि हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

हेलिकप्टरमा क्याप्टेन चेतबहादुर गुरुङसहित अन्य ५ जना मेक्सिकोका नागरिक सवार छन् । त्यस्तै, ५ जना मेक्सिकोका यात्रुहरू रहेका थिए । यसमध्ये दुईजना पुरुष र तीन जना महिला रहेका छन् । यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *