Home  
Janahit Voice

मनाङ एयरको हेलिकप्टर दुर्घटना : ६ जनाकै मृत्यु, शव काठमाडौं ल्याउने तयारी

२६ असार २०८०, मंगलवार

काठमाडौं- सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाकै मृत्यु भएको पुष्टि भएको छ ।

त्रिभुवन विमानस्थलका महाप्रवन्धकका अनुसार ६ जनाकै शव भेटिएको छ । एक जनाको शव थिचिएको अवस्थामा फेला परेको हो भने बाँकी ५ जनाको शव बाहिरै फेला परेको बताएका छन।

दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर अवतरण गरेका छन् । पाँच शव विदेशी नागरिकका भएकाले अहिले शवहरु संकलन गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

उक्त हेलिकप्टरमा पाइलट चेतबहादुर गुरूङ र पाँच मेक्सिकन नागरिक सवार थिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *