Home  
Janahit Voice

सर्पको डसाइबाट कपिलवस्तुमा दुई दाजुभाइको मृत्यु

२६ असार २०८०, मंगलवार

कपिलवस्तु – कपिलवस्तुमा सर्पको डसाइबाट दुई दाजुभाइको मृत्यु भएको छ। सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको मृत्यु भएको हो।

मृत्यु हुनेमा नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेका प्रहरीले जनाएको छ।

दुवैजना आफ्नो हजुरआमासँग एकतले घरको भुइँमा सुतेका थिए। बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि लगत्तै स्थानीय अस्पतालमा पुर्‍याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमा र अर्काको उपचारका क्रममा निधन भएको प्रहरीले बताएको छ।

नातिसँग सुत्नुभएकी ६० वर्षीया हजुरआमा बसन्ता भुसाललाई पनि सर्पले डसेको हुन सक्ने भन्दै सोही अस्पतालमा उपचारका लागि पठाइएको बताइएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *