Home  
Janahit Voice

भ्रष्टाचारीमाथिको कारवाही पोलिटीकल स्टन्टवाजी मात्र हो : ओली

२६ असार २०८०, मंगलवार

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही काम गर्न नसकेपछि सरकारले भ्रष्टाचार विरोधी अभियानका नाममा पोलिटिकल स्टन्ट मात्र गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजीत पार्टीको वाग्मती प्रदेश संगठन कमिटीको सातौ बैठकलाई सम्बोधन गर्दै उनले, पहिलेदेखि नै चलेको भ्रष्टाचारविरोधि अभियानलाई यो सरकारले पोलिटिकल स्टन्ट मात्रै गरेको आरोप लगाएका हुन् ।

अहिलेका प्रधानमन्त्री र गृहमन्त्री लडेको राँगो मैले पछारेको भन्दै मख्ख परेको उनको टिप्पणी छ । ‘अहिलेको सरकार अहिलेका मन्त्रीहरु खास गरी प्रधानमन्त्री र गृहमन्त्री लडेको राँगो मैले पछारेको भन्छन् । अहिले आएको भ्रष्टचार विरोधि कुरा यो अहिलेको सरकारको कुनै योगदान नै होईन । यो त अगाडिदेखि चल्दैथ्यो ।’ उनले भने ‘यो पोलिटीकल स्टन्टवाजी हो । केही गर्न नसकेपछि यस्ता कुराहरुलाई ब्लोअप गरेर के के न गरे भनेर यो कुनै विकास कुनै निर्माण हो र ?’

उनले अन्य राजनीतिक पार्टीले समेत अराजनीतिक खालको कार्य गरेको बताएका छन् । आफु स्वयंले अहिलेको उमेरमा पनि १८ घण्टा काम गर्ने गरेको र बुढापाका भनेर पार्टीमा नराख्ने प्रवृति बढेको भन्दै उनले असन्तुष्टि जनाए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *