Home  
Janahit Voice

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन,आजै अन्त्येष्टि गरिने

२७ असार २०८०, बुधबार

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

आज बिहान बिहान ८ बजेर ३३ मिनेटमा सीता दाहालको निधन भएको प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले जानकारी दिएका छन। ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयाघात भएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

पत्नीसँगै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका थिए । अन्य विशिष्ट व्यक्तित्वहरु र पार्टी कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगेका छन् ।

आज बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ।

उनको पार्थिक शरीर बिहान ११ बजेदेखि पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा दिउँसो अन्त्येष्टि गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

२०७४ साल मंसिरमा छोरा प्रकाश दाहालको निधन भएपश्चात् उनलाई रोगले गाँज्दै लगेको थियो। पछिल्लो समय उनी ओछ्यान मै परेकी थिइन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *