Home  
Janahit Voice

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

२७ असार २०८०, बुधबार

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ।

आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको  थियो।

कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले केन्द्रीय समिति बैठक स्थगित गरिएको बताएका छन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित भएको हो।

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

सभापति शेरबहादुर देउवा प्रधानमन्त्री दाहाललाई समवेदना दिन नर्भिक अस्पताल पुगेका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक अब कहिले बस्ने भन्नेबारे विज्ञप्ति निकालेर जानकारी दिइने पराजुलीले बताएका छन।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *