Home  
Janahit Voice

काठमाडौं महानगरअघि ‘गरिबको चमेली’ गीत गाउँदै प्रदर्शन

२७ असार २०८०, बुधबार

कठमाडौं महानगरपालिका भवनअघि ठेलागाडालगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै  प्रदर्शन गरेका छन।

स्वतन्त्र युवाहरूले बुधबार बिहान गरिबको चमेली गीत गाउँदै प्रदर्शन गरेका हुन्।

उनीहरूले महानगरको प्रहरीले ठेलागाडालगायत साना व्यापारीलाई दु:ख दिने गरेकोमा विरोध जनाउँदै प्रदर्शन गरेका हुन्।

साना व्यापारीहरूलाई व्यापारका लागि महानगरले उचित व्यवस्थापन मिलाउनुपर्ने उनीहरूको माग छ।

उनीहरुले महानगरपालिकका मेयर बालेन्द्र साह(बालेन)ले चुनाव अगाडि ‘गरिबको चमेली बोलिदिने कोहट्ठ छैन’ भन्दै गाएको गीत गाउँदै विरोध गरेका छन। ।

महानगरको कार्यालय अगाडि पानीमा भिजेर नै उनीहरुले प्रदर्शन गरेका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *