Home  
Janahit Voice

पशुपति दर्शन गर्न आएका भारतीय नागरिकलाई ठगेको आरोपमा ६ जना पक्राउ

२७ असार २०८०, बुधबार

पशुपति दर्शन गर्न आएका दुई भारतीय नागरिकलाई ठगी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।उनीहरूले भारतीय नागरिकहरूलाई डान्स बारमा लगेर ठगेको आरोप छ।

पक्राउ पर्नेहरुमा कैलाली घर भई माछापोखरी बस्ने २३ वर्षीय अर्जुन कुँवर, काभ्रे घर भई सिनामंगल बस्ने ३१ वर्षीय शुभकुमार तामाङ र सुनसरी घर भई चाबहिल बस्ने ४० वर्षीय इन्द्र काफ्ले त्यस्तै, धादिङ घर भई सिनामंगल बस्ने २२ वर्षीया सुमिना तामाङ, माछापोखरी बस्ने २० वर्षीया आस्मा तामाङ र २२ वर्षीया रिया साह ठकुरी पक्राउ परेका छन्।

परिसरका अनुसार पीडित भारतीय नागरिकहरू गत सोमबार बेलुकी थानकोट नाकाबाट काठमाडौं प्रवेश गरेका थिए। गाडीमा आएका उनीहरूलाई रोकेर तपाई‌ंलाई खाने बस्ने राम्रो व्यवस्था गरिदिने र घुम्न पनि सहज बनाइदिने भन्दै विश्वास दिलाएका थिए।

त्यसरी विश्वासमा दिलाएर ती व्यक्तिले भारतीय नागरिकहरूलाई काठमाडौं महानगर-९ रातोपुलस्थित ज्याक डेनिस डान्स बारमा लगेका थिए। त्यहाँ महिला कर्मचारी समेतको संलग्नतामा डर-त्रासमा पारेर २८ हजार भारतीय रुपैयाँ ठगेको प्रहरीले जनाएको छ। उनीहरूले उक्त रकम मोबाइल बैंकिङ सेवामार्फत् ट्रान्सफर गर्न लगाएको र ५ हजार नगद समेत लुटेको प्रहरीले जनाएको छ।

उक्त खबर पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूमाथि आपराधिक विश्वासघात कसुरमा काठमाडौं जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *