Home  
Janahit Voice

जिल्ला प्रहरी कार्यालयमै प्रहरी जवानलाई १२ घन्टासम्म बाँधेर दिइयो यातना

२७ असार २०८०, बुधबार

सिरहा -सिरहामा एकजना प्रहरी जवानलाई बाँधेर यातना दिएको घटना बाहिरिएको छ। जिल्ला प्रहरी कार्यायल सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको भिडिओ सार्वजनिक भएको छ।

रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमन्त राईले यातना दिएको आरोप लगाइएको छ ।

इन्स्पेक्टर राईकै कमाण्डमा प्रहरी जवान रायलाई निरन्तर अधिक ड्युटी गराएपछि उनले हबल्दारसँग गुनासो पोखेका थिए । हबल्दारको सल्लाहअनुसार पीडित राय इन्स्पेक्टर राईसँग गुनासो गर्न गएका थिए ।

सो क्रममा इन्स्पेक्टर राईले तथानाम,अभद्र गाली गलौज गरेपछि आक्रोशित भएका रायले समेत इन्स्पेक्टरसँग मुखामुख गरेका थिए । मुखामुख गरेकै कारण उनलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको बुझिएको छ।

यता,जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी रविन्द्रराज पाण्डेले भने रायलाई हत्कडीमात्र लगाएको, कुटपिट भने नगरेको दाबी गरेका छन।।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *