Home  
Janahit Voice

किन मनाईन्छ नारी दिवस?

२४ फाल्गुन २०७९, बुधबार

२०७९ साल फागुन २४ गते, काठमाण्डौं

नारीहरुको प्राप्त उपल्ब्धीको खुसियाली मनाउने एवं प्राप्त अधिकारको प्रगतीको बार्षिक कार्यक्रम नै नारी दिवस हो। यसको थालनी २० औं शताब्दीमा अमेरेकी समाजवादी एवं श्रमिक आन्दोलन भए बाट भएको थियो। त्यो समयमा महिलाहरु श्रमको उप्युक्त ज्याला, न्युनत्तम कार्य समयावधि एवं भोट दिने अधिकार प्राप्तीको निमित्त लडिरहेका थिए। प्रथम अन्तराष्ट्रिय महिला दिवस १९११ मा मनाईएको थियो। त्यस समयमा अष्ट्रिया, डेनमार्क, जर्मनी, स्विटजरल्याण्ड लगायतका देशहरुमा १० लाख मानिसहरुले महिला अधिकारको समर्थनमा रयाली निकालिएको थियो। त्यस पछि नै महिलाहरुको कार्यस्थलमा समानता देखि हिंसा बिरुद्ध मुद्दाहरुमा ध्यान केन्द्रित गर्न थालियो। त्यति बेला सम्म कुनै पनि बर्ग समुह संग कार्यक्रमको स्वामित्त्व भने थिएन। १९७७ मा आएर बल्ल संयुक्त राष्ट्र संघले अन्तराष्ट्रिय महिला दिवसलाई मान्यता दिए पश्चात नै संयुक्त राष्ट्र सघंका सदस्य राष्ट्रले मार्च ८ लाई अन्तराष्ट्रिय महिला दिवसको रुपमा मनाउन थाले।

१९१७ म रुसी महिलाहरुले खाना र शान्तीको माग राख्दै बिरोध प्रदर्शन गरेका थिए। सो बिरोध प्रदर्शनले रुसी जारलाई सत्ताच्युत हुनु परेको थियो भने अन्तरिम सरकारले महिलाहरुलाई भोट दिने अधिकार प्रदान गरेको थियो। जुन दिन रुसी महिलाहरुले बिरोध प्रदर्शन गरेको त्यो दिन रुसी क्यालेण्डर अनुसार फ़्रेबुवरी २३ तारिख आईतबार परेको थियो र यदि त्यो तारिखलाई ग्रेगांरियन क्यालेण्डर अनुसार हेर्ने हो भने मार्च ८ तारीख पर्थ्यो। त्यसैले मार्च ८ तारीख लाई अन्तराष्ट्रिय महिला दिवसलाई प्रदर्शन गर्ने ३ वटा रगं सेतो, हरियो, एवं बैजनी हुन। सेतो रगंले शुद्दत्ता, हरियो रगंले आशा र बैजनी रगंले न्याय एवं गरिमालाई सम्बोधन गर्दछ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *