Home  
Janahit Voice

काठमाडौँ महानगरले छात्रवृत्ति परीक्षाका लागि माग्यो अनलाइन आवेदन

२८ असार २०८०, बिहीबार

काठमाडौँ -छात्रवृत्ति परीक्षाका लागि काठमाडौँ महानगरले अनलाइन आवेदन फाराम खुलाएको छ । बुधबार एक सूचना जारी गर्दै महानगरले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन आवेदन फाराम खुलाएको हो ।

महानगरभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न महानगले आफै परीक्षा लिँदैछ ।

छात्रवृत्तिका लागि बिहीबारदेखि साउन १२ गतेसम्म आवेदन दिन सकिने महानगरले जनाएको छ । आवेदन महानगरको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन फाराम भर्न सकिने छ । छात्रवृत्तिका लागि परीक्षा साउन २० गते हुने महानगरको शिक्षा शाखाले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *