Home  
Janahit Voice

सांसद् डा. तोसिमा कार्कीले सीता दाहालको निधनबारे दिएको अभिव्यक्तिप्रति मागिन क्षमा

२८ असार २०८०, बिहीबार

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा. तोसिमा कार्कीले बुधबार निधन भएकी प्रधानमनधी पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनबारे दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छन् ।

उनले प्रधानमन्त्री प्रचण्डलाई लक्षित गरेर दुःखको घडीमा असंवेदनशील अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा गालीको वर्षा भएपछि माफी मागेकी हुन्।

उनले बुधबार राति नै सामाजिक संजालमा माफी माग्दै आफ्नो भनाई तोडमोड गरिएको बताएकि छिन्। आफूले गलत बोलेकोबारे भने उनले केही बोलेकी छैनन्। उनले बाईटलाई तोडमोड गरी राखिएको र पुरा भिडियो सुन्नुहुन आग्रह गरेकीछिन् भने सो तोडमोड गरि राखिएको अभिव्यक्तिले कहिँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा क्षमा मागेकी छिन

उनले सामाजिक सञ्जालमा बुधबार राति लेखेकी छन्–
‘सम्माननीय प्रधानमन्त्रीज्यु की धर्मपत्नी तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार आदर्णिय आमा सीता दाहालको असामयिक निधनले समग्र देशवासीलाई मर्माहित तुल्याएको छ, जीवनभर संघर्ष, त्याग, योगदान गरी आफ्नो श्रीमान तथा समग्र पार्टीकै खम्बा बनेर निरन्तर यो व्यवस्थाको लागी दिनुभएको योगदान लाई ईतिहासले सम्झनुपर्छ्र उहाँले आफ्नो जीवनभर विना स्वार्थ विना कुनै पद र सम्मानको लोभ, गर्नुभएको योगदान प्रति नतमस्तक छौँ, सम्मानित उहाँप्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दै प्रधानमन्त्रीज्यु र समग्र परिवारलाई विचलित नभई यो दुःखद घडिको सामना गर्न शक्ति मिलोस् भनि कामना गर्न चाहन्छु ।

म स्वयम्ले पेरिस डाँडामा राखिएको उहाँको सम्मानित पार्थिव शरिरमा फूल र श्रद्दा अर्पण गरेपछि केहि मिडियाकर्मी साथीहरुले लिनुभएको बाईटलाई तोडमोड गरी राखिएकोमा, पुरा भिडियो सुन्नुहुन आग्रह गर्न चाहन्छु् र साथै तोडमोड गरि राखिएको अभिव्यक्तिले कहिँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा समेत क्षमा माग्दछु ‘

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *