Home  
Janahit Voice

डोटीमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते

२८ असार २०८०, बिहीबार

धनगढी- डोटीमा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बुधबार साँझ आर्दश गाउँपालिका-२ का मौवामा बा१ज ९४३९नम्बरको गाडी दुर्घटना हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया हिरा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेहुने हरुमा आर्दश-५ बस्ने ३५ वर्षीय रवीन्द्र सुनार, वडानम्बर २ बस्ने ३० वर्षीय टेकबहादुर तिरूवा र चालक वीरबहादुर खड्का रहेका छन।

घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गाडी सडकबाट करिब ५ मिटर तल खसेको छ । के कारणले दुर्घटना भएको हो भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *