Home  
Janahit Voice

अविरल वर्षाले झापाको जनजीवन प्रभावित, १५० जनालाई सुरक्षित स्थानमा लगियो

२८ असार २०८०, बिहीबार

झापा – दुई दिनदेखि परेको अविरल वर्षाका कारण झापाको जनजीवन प्रभावित बनेको छ । निरन्तर भारी वर्षाले जिल्लाका ठूला तथा साना नदीसँगै खोला,पैनी,नालीहरूमा पानीको सतह बढेपछि डुवान र कटानका कारण स्थानीयबासी  प्रभावित बनेका हुन्।

अदुवा खोलामा पानीको जलस्तर बढेपछि बाह्रदशी गाउँपालिका– २ स्थित सुकुमबासी बस्तीका ४५ घरधुरीका १५० जनालाई बिहीबार सुरक्षित स्थानतर्फ सारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

अदुवा खोलामा जलस्तर बढ्न थालेपछि सम्भावित हुने क्षतिलाई लक्षित गरी खोला आसपासका स्थानीयलाई बाह्रदशी– २ स्थित दक्षिणेश्वर शिवालय मन्दिरमा सारिएको बताइएको छ। उनीहरूलाई सुरक्षित स्थानतर्फ सार्न इलाका प्रहरी कार्यालय राजगढबाट खटिएका प्रहरी टोली, जनप्रतिनिधि र स्थानीयबासीले सहयोग गरेको जनाएको छ।

जिल्लाको कनकाई,माई,रतुवा,विरिङ,मेची,हडिया, निन्दा, कमल, अदुवा, देउनियाँ लगायतको नदी तथा खोलाहरूमा पानीको बहाव बढ्न थालेपछि नदी तथा खोला आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन अलर्ट गराइएको बताइएको छ।

विशेषगरी जिल्लाको दक्षिणी पालिकाहरूका स्थानीय डुबान र कटानको उच्च जोखिममा रहेको छ । जिल्लामा अहिलेसम्म कुनै मानवीय क्षति नभएको जनाइएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *