Home  
Janahit Voice

प्रतिनिधि सभा बैठक बस्दै

२९ असार २०८०, शुक्रबार

आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको छ।

आजको बैठकमा प्रतिनिधि सभाका सचिव श्री पद्मप्रसाद पाण्डेयले प्रतिनिधि सभामा उत्पति भएको विनियोजन विधेयक, २०८०का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ।

त्यस्तै नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम रसुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ।

यसैगरी आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्गले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेश गर्ने कार्यसूची छ।

आजै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राइले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथी विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *