Home  
Janahit Voice

नेपालले आज पाकिस्तान ‘ए’ विरूद्ध खेल्दै

२९ असार २०८०, शुक्रबार

काठमाडौं – एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ अन्तर्गत यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा बिहान सवा १० बजे सुरु हुनेछ ।

एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले एसियाका एसोसिएट टिमलाई एक्सपोजर दिने उद्देश्यले आयोजना गर्ने प्रतियोगितालाई नेपालले एसिया कपको तयारीको रुपमा लिएको छ।

एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामा हुने तय छ। एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

एसिया कपअघि इमर्जिङ कप खेल्दा पनि नेपालले भारत र पाकिस्तानकै ‘ए’ टिमसँग भिड्नेछ। युएईको ‘ए’ टिम पनि नेपाल रहेको समूहमा छ।

प्रतियोगितामा मैदान उत्रनुअघि नेपालका कप्तान रोहितकुमार पौडेलले इमर्जिङ कपलाई एसिया कपको तयारीको रुपमा लिएको बताए।

‘यो प्रतियोगिता हाम्रो लागि एसिया कपको तयारी हो। प्रतियोगिता सिक्ने ठूलो अवसर पनि हो। प्रत्येक खेलमा हामी जितका लागि खेल्नेछौं,’ रोहितले  भने।

नेपालले दोस्रो खेल भारतको ‘ए’ टिमसँग साउन १ मा खेल्नेछ। यस्तै युएईको ‘ए’ टिमसँग नेपालको खेल साउन ३ मा हुनेछ।

दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *