३१ असार २०८०, आईतवार
जनकपुरधाम – नेपालको एक मात्र जनकपुर-जयनगर ब्रोडगेज रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म चल्ने भएको छ ।
जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको उक्त रेल सेवाको उदघाटन बिहान साढे १० बजे भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गर्ने कार्यक्रम रहेको छ ।
यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो भने आजवाट थप १७ किलोमिटर थप भएपछि अब ५२ किलोमिटर यात्रा विस्तार भएको छ ।
सुरुमा एकपटक जनकपुरदेखि जयनगर जाने र आउने सेवा दिँदै आएकोक रेल गत वर्ष मंसिरदेखि दुवै रेल दिनको दुईपटक आउने र जाने गरी सेवा दिइरहेको छ ।
सोमबारदेखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने सेवा प्रदान गर्ने बताइएको छ।|यद्यपि भंगहा स्टेशनमा भने दिनको एकपटक मात्र बिहान जाने र साँझ फर्किने सेवा प्रदान गर्ने जनाएको छ ।