Home  
Janahit Voice

खेलका क्रममा दर्शक कुट्ने भलिबल खेलाडीलाई ६ महिनाको प्रतिबन्ध

३१ असार २०८०, आईतवार

काठमाडौं – त्रिभुवन आर्मी क्लबका ३ जना खेलाडी कार्बाहीमा परेका छन।

खेलका क्रममा दर्शक कुटेपछि उनिहरुलाइ नेपाल भलिबल संघले कार्बाही गरेको हो।

सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशसँगको खेलका क्रममा आर्मीका धनबहादुर भट्टलगायतका खेलाडीले दर्शक कुटेका थिए ।

दर्शकमाथि हातपात तथा खेलका क्रममा अनुशासनहीन गतिविधि गरेको भन्दै संघले क्लबका स्पाइकर धनबहादुर भट्टलाई ६ महिना तथा राजेन्द्र विष्ट र धनपती कुँवरलाई ३ महिनाको प्रतिबन्ध लगाएको छ । भट्टलाई ६ महिना तथा विष्ट र कुँवरलाई ३ महिना राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेको बताइएको छ।

छानबिनका लागि गठन गरिएको ५ सदस्यीय समितिको सुझावका आधारमा भलिबल संघको कार्यसम्पादन समितिको बैठकले कारबाही गर्न निर्णय गरेको संघले जनाएको छ।

आर्मीकै ब्लकर रहेका दुर्गा खड्कालाई भने आगामी दिनमा यस्तो कार्य नदोहोर्‍याउने गरी चेतावनी दिएर छोडिएको श्रेष्ठले जानकारी दिए । दुर्गाले प्रतियोगितामा उत्कृष्ट ब्लकरको उपाधि पनि जितेका थिए ।

आर्मीका कप्तानसमेत रहेका हरिहजुर थपालाई राष्ट्रिय टिमको कप्तानबाटसमेत बर्खास्त गरिएको छ ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *