Home  
Janahit Voice

सोलुमा एसईईमा जिल्ला ‘टप’ गर्ने विद्यालयलाई ५ लाख नगद

३१ असार २०८०, आईतवार

सोलुखुम्बु- सोलुदूधकुण्ड नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सामुदायिक विद्यालयतर्फ जिल्ला टप गर्न सफल गार्मा माध्यमिक विद्यालयलाई  पाँच लाख नगदसहित पुरस्कृत गर्ने भएको छ।

नगरकार्यपालिका बैठकले जिल्ला टप गर्ने गार्मा माविलाई नगद ५ लाख र छात्रा बबिता कार्कीलाई नगद ५० हजार रुपैयाँसहित पुरस्कृत गर्ने निर्णय गरेको हो। यस वर्षको एसईईमा यस विद्यालयले सामुदायिक विद्यालयतर्फ जिल्ला टप गरेको हो।

सोलुदूधकुण्ड नगरपालिका-७ स्थित उक्त विद्यालयकी छात्रा कार्कीले ३.७० जीपीए प्राप्त गर्दै जिल्ला टप गरेकी हुन। गार्मा माविबाट यस वर्ष सामान्य धारतर्फ २७ र प्राविधिक (कृषि) धारतर्फ १७ गरी ४४ जना एसईईमा सामेल भएका थिए। जसमा ३५ जनाले ३ जीपीए भन्दा बढी प्राप्त गरेका छन्।

गार्मा माविले निजी विद्यालय सरहको शिक्षा प्रदान गर्दै आएको  छ। कक्षा १२ सम्म अध्यापन हुँदै आएको यस विद्यालयमा प्राविधिक धार (कृषि जेटिए)को समेत अध्यापन हुँदै आएको छ।

जानकारीमा आएअनुसार विद्यालयले होस्टेलको पनि व्यवस्था गरेकोछ।   विद्यालयमा हाल ५६० जना विद्यार्थी अध्ययनरत र ३० जना शिक्षक कार्यरत छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *