Home  
Janahit Voice

४ वटा बच्चाको पाकिस्तानी आमाको भारतिय युवक सँगको प्रेम सम्बन्ध

१ श्रावण २०८०, सोमबार

हिजो आज मिडियामा एउटा अन्तर्देशिय एंब अनौठो प्रेम सम्बन्धको चर्चा परिचर्चा अत्यधिक भईरहेको छ। एक बिवाहित पाकिस्तानी महिला सीमा हैदर आफ्नो प्रमी सँग घरजम गर्न भारतको नोयडा पूगेकी छिन। अबैध रुपमा नेपालको बाटो प्रयोग गरी भारतिय प्रेमी सचिन ठाकुर को घरमा धर्मपरिवर्तन गरी बसिरहेको सूचना नोयडा प्रहरीले प्राप्त गर्नसाथ दुबैलाइ पक्राउ गरिएको थियो। पछि सुक्ष्म रुपले अनुसन्धान गरिने भन्दै जमानतमा छोडिएतापनि घरबाट कतै जान प्रतिबन्ध गरिएको छ।

सीमा हैदर बाट सिमा ठाकुर बनेकी महिलाको पहिलो बिवाह करकापमा गरिएको ठोकुवा सीमा स्वयम गर्छिन। सीमा सचिनको प्रेम सम्बन्ध पब्जि गेम खेल्ने क्रममा शुरु भएको र नेपालमा दुबैको पहिलो भेट भएको थियो । बच्चाको लागी त्यो पटक सीमा पाकिस्तान फर्किए पनि पछि पुन पाकिस्तान बाट हवाइ मार्ग हुदै काठमाण्डौं र प्राइभेट गाडीमा पोखरा पूगेकी सीमा दिल्ली जाने बसमा भारत गाएकी खुलेको छ।

सीमाले मिडियामा बताउछिन,”सचिन नै पाकिस्तान आउन चाहान्थे मलाइ लिन तर सचिनको हातमा कुदिएको ॐ को ट्याटुको कारणले उसलाइ पाकिस्तानमा खतरा हुन्थ्यो । स्थानिएले सीमा संग सचिनको सम्बन्ध थाहापाए त्यहिं नै मारीदिन्थे त्यसैले म नै भारत आए। सबैले मलाइ माया एवं सहयोग गरेका छन। अत म मोदी जी एवं सि एम योगी आदित्यनाथ संग मलाई भारतमा बस्न दिइयोस भनी अपिल गर्दछु” ।

हाल आएर सीमाको पहिलो श्रीमान गुलाम हैदरले सीमालाइ पाकिस्तान फर्काउन सहयोग गरीयोस भनी पाकिस्तानी एंब भारतीय मिडियालाइ अनुरोध गरेका छन। साउदिमा रहेका गुलाम हैदरले भनेका छन, “सीमा ४ जना बच्चा सहित फर्केर आउ त्याहा तिमिलाइ केहि भयो भने हाम्रो बच्चाहरुको भविष्य के हुन्छ। म पाकिस्तानी एंब भारतीय मिडियाहरुलाइ धन्यबाद दिन्छु मिडियाले गर्दा नै मेरो श्रीमति र ४ जना बच्चाहरु कहाँ छन भनेर थाहा पाए| अब कृपा गरेर उनिहरुलाइ पाकिस्तान फर्कने बाताबरण बनाइदिनुस “।

सिमकार्ड फालेकि प्राप्त डकुमेण्टमा उमेर २१ भएपनि २७-२८ बताएको ५ कक्षा नपढेकी सीमाले हिन्दी, सिन्धी एवं अग्रेंजी बोलेकी जस्ता यावत कारणले सीमालाइ पाकिस्तानी एजेण्टको आरोपमा संबन्धित निकाएले अनुसन्धान गरीरहेको छ। अनुसन्धानको अन्तिम रिपोर्टले नै सीमाको भविष्य तय गर्ने छ कि सीमालाइ पाकिस्तान फर्काइने वा लामो अवधिको भिसा प्रदान गरेर सचिन सगै भारतमा बस्न दिइने। सामाजिक संजालमा सिमाको पक्षमा उर्लिएको लहर हेर्दा सीमालाइ भारतमै बस्न दिइने संभावना प्रवल छ।

यता सीमा लाइ पाकिस्तानको बिभिन्न धार्मिक समुह तथा संगठनबाट ज्यान मार्ने धम्की आइरहंदा सीमालाइ भारतमै बस्न खतरा रहेकाले नोयडा प्रहरी सजग रहेको जानकारीमा आएको छ। यी त भए अन्तर्देशिय प्रेम सम्बन्धको कारणले सृजित बातावरण अनि सीमाको ४ वटा बच्चा, यो वाहेक सचिन र सीमा बाट भविष्यमा ५ औ बच्चा जन्मिए त्यो बच्चाको भविष्य कस्तो होला जबकी आमाकै अस्तित्वमा प्रश्न चिन्न्ह उब्जिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *