Home  
Janahit Voice

साउन १ गतेदेखि हवाई भाडामा कर लाग्ने

१ श्रावण २०८०, सोमबार

काठमाडौं – सोमबारदेखि हवाई भाडामा भ्याट समायोजन हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि सम्पूर्ण हवाई सेवामा भ्याट कार्यान्वयनमा लगिने जनाएको हो ।

सरकारले आर्थिक विधेयक (बजेट) मार्फत पहिलो पटक हवाई भाडामा भ्याट लगाउने निर्णय गरेको थियो । हवाई सेवालाई भ्याटमा लैजाने सरकारको निर्णय विरुद्ध विभिन्न टिकाटिप्पणी भएपनि अन्ततः हवाई सेवा सञ्चालकहरु मूल्य अभिवृद्धि कर (भ्याट) मा जान बाध्य भएका हुन् । नयाँ आर्थिक वर्ष शुरु भएसँगै सोमबारदेखि नै भ्याट कार्यान्वयनमा जाने र सो भ्याट भाडामा समायोजन गरिने संघले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *