Home  
Janahit Voice

पूर्वमन्त्री यादव बैंकिङ कसुरमा पक्राउ

१ श्रावण २०८०, सोमबार

नेपालगञ्ज- बैंकिङ कसुरमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन्। उनलाइ आइतबार साँझ नेपालगञ्जबाट पक्राउ गरिएको हो।

रुपन्देहीबाट आएको पक्राउ पूर्जीका आधारमा बाँके प्रहरीले यादवलाई पक्राउ गरेर बुटवल पठाइदिएको बताइएको छ।

बाँके प्रहरीले बैंकिङ कसुरमा पक्राउ पूर्जी आएकाले यादवलाई पक्राउ गरेर बुटवल पठाएको जानकारी दिएको छ।

बाँकेको डुडुवा गाउँपालिका वडा नं. १, होलिया निवासी यादव लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री हुन्।

यादवविरुद्ध रुपन्देही प्रहरीले अनुसन्धान अघि बढाएको छ। यादवले चिनेजानेकै व्यक्तिसँग दश लाख बढी लिएको र त्यो समयमा फिर्ता नगरेको बुझिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *