Home  
Janahit Voice

सप्तकोशी किनारमा युवतीहरूबीच कुटपिट, एक पक्राउ ४ जनाको खोजी

१ श्रावण २०८०, सोमबार

सामान्य विषयमा झगडा हुँदा सप्तकोशी किनारमा युवतीहरूबीच कुटाकुट भएको छ।

सुनसरीको बराहाक्षेत्र नगरपालिका-१० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।

कुटपिटमा संलग्न रहेको आरोपमा एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य ४ जनाको खोजी गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार १९ वर्षीया प्रिति लिम्बुलाई आइतबार राति पक्राउ गरिएको हो।

कुटपिट घटना गत असार २९ गतेको हो। प्रितिसहित ५ जना युवतीको समूहले ३ जना युवतीमाथि कुटपिट गरेका थिए। १९ वर्षीया मनिषा राई, नाम नखुलेको १६ र १७ वर्षीया नाबालिगमाथि कुटपिट भएको हो।

आरोपित लिम्बुमाथि अभद्र व्यवहारको कसुरमा म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीमा लगिएको छ। कुटपिट गर्ने दुवै पक्षका युवतीहरू एउटै गाउँका रहेको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *