Home  
Janahit Voice

राप्रपाको धार्मिक पदयात्रा – मैतीदेवीबाट पशुपतिसम्म

१ श्रावण २०८०, सोमबार

काठमाडौँ – राप्रपा निकट नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मैतीदेवीबाट पशुपतिनाथ मन्दिरसम्म धार्मिक पदयात्रा गरेको छ । राप्रपाका नेता कार्यकर्ता सोमबार मैतीदेवी मन्दिरमा भेला भएर कलशसहित पशुपति मन्दिरसम्म धार्मिक पदयात्रा गरेका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरु बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, दिपकबहादुर सिंह लगायतका नेता कार्यकर्ताका साथै शुभेच्छुक र समर्थकहरु पदयात्रामा सहभागी थिए ।

आयातित धर्म, संस्कृति, परम्पराको अतिक्रमणबाट देशलाई जोगाउने, समान विचार भएका शक्तिहरूलाई गोलबद्ध गर्दै जाने उद्देश्यबाट धार्मिक पदयात्रा गरिएको राप्रपाका नेताहरुले बताएका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *