Home  
१ श्रावण २०८०, सोमबार
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले बुझाइन् सम्पत्ति विवरण
राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद् सचिवालयमा सम्पत्ति विवरण बुझाएकी छिन्।
उपाध्यक्ष अर्यालले आज सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक वर्ष ०७९/८० को सम्पत्ति विवरण बुझाएकी हुन्। साथै उनले सम्पत्ति विवरण सार्वजनिक पनि गरेकी छिन्।
संघीय संसद् सचिवालयले एक सूचना प्रकाशित गरी साउन १ गतेदेखि भदौ २८ गतेभित्र सम्पत्ति विवरण बुझाउन संघीय संसद्का दुवै सदनका सदस्यलाई अनुरोध गरेको छ।