Home  
Janahit Voice

धरानका एक सुन व्यवसायीद्वारा आत्मदाहको प्रयास

२ श्रावण २०८०, मंगलवार

विराटनगर- सुनसरी धरान उपमहानगरपालिकाका सुन व्यवसायी ५० वर्षीय योवन खड्गीले आत्मदाहको प्रयास गरेका छन् ।

धरानस्थित भानुचौकमा सोमबार बिहान ११ बजेतिर आत्मदाह प्रयास गरेका खड्गीलाई प्रहरीले उद्धार गरी इलाका प्रहरी कार्यालयमा लगेको छ ।

खड्गी धरान ३ स्थित न्यु जयन्ती स्टोरका सञ्चलक हुन् । सुन पसलमा बचत सङ्कलन गर्ने गरेका उनी बचतकर्ताहरूको रकम फिर्ता गर्न नसकेपछि तनाबमा थिए । सोही कारण आत्मदाहको प्रयास गरेको अनुमान गरिएको छ।

लेनदेनको विषयलाई लिएर आफूलाई केही व्यक्तिहरूले तनाव दिएको भन्दै आत्मदाहाको प्रयास गरेको शाक्यले बताएका छन् । शरिरमा पेट्रोल छर्केपछि प्रहरीले उनलाई उद्धार गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *