Home  
Janahit Voice

श्रद्धाञ्जली सभामा सीतालाइ सम्झँदै प्रचण्डले भने- ‘न बाँच्दा दु:ख दियौँ, न मर्दा’

२ श्रावण २०८०, मंगलवार

काठमाडौँ- प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको श्रद्धाञ्जलीका लागि बालुवाटारमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।

उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायत दाहाललाई श्रद्धाञ्जली दिन बालुवाटार पुगेका छन्।

तेस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्षकुमार माधव नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत पनि सभामा सहभागी छन्। राजनीतिक दलका अन्य नेता, मन्त्री, सांसद र सरकारी अधिकारीहरू पनि श्रद्धाञ्जली सभामा उपस्थित छन्।

मंगलबार बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले पत्नी सीता दाहालले मृत्यु पनि निकै शान्त रोजेको बताएका छन् । सीता विरामी भएपछि राज्यबाट कुनै सुविधा नलिईकनै उनलाई उपचारका लागि आफूहरू हरतरहबाट लागिपरेको बताए ।

साथै उनले अन्तिम अवस्थामा अस्पतालको आइसीयु वा भेन्टिलेटरमा उनको पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता लागे पनि बाच्दासम्म सीताले अरूलाई पीडा नदिएको बताए । ‘सीताले मृत्यु पनि निकै शान्त रोजिन् । साढे सात बजे अस्पताल लगेकोमा लगभग ८ : ३० मा उनी बिदा भइन् ।’

सीताप्रति श्रद्धाञ्जली दिने सबैलाई धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले अस्पतालदेखि पार्टी कार्यालयसम्म र आर्यघाटदेखि बालुवाटारसम्म उनले पाएको सम्मान र श्रद्धाञ्जली उनको त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान भएको बताए ।

प्रचण्ड पत्नी सीताको असार २७ गते निधन भएको थियो। सातौं दिन श्रद्धाञ्जली कार्यक्रम राखिएको हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *