Home  
Janahit Voice

सिराहाको लहानमा एक वृद्धको शव फेला

२ श्रावण २०८०, मंगलवार

मंगलबार बिहान सिराहाको लहान नगरपालिका– १० गुदीगाउँस्थित सडकमा  एक वृद्धको शव फेला परेको छ। लहान– १४ बस्तीपुरस्थित छोराबुहारीको घरमा आएका करिब ७३ वर्षीय गंगाबहादुर परियारको शव भेटएको हो।

लहान नगरपालिका– १७ रुम्जाटार मूल घर भएका परियार केही दिन पहिले लहान– १४ बस्तीपुरमा बसोवास गर्दै आएका छोराबुहारी भेट्न आएको स्थानीयले बताए । स्थानिएका अनुसार बजारमा सोमबार अत्यधिक मदिरा सेवन गरी साँझ घर फर्किने क्रममा गुदीगाउँ मोड नजिकको सडकमा लडेपछि छोराबुहारीलाई खबर गरिएको भए पनि लिन नआउँदा रातभर त्यहीँ रहेको र बिहान मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको बताइएको छ।

शवको प्रकृति हेर्दा अत्यधिक मदिरा सेवन गरेजस्तो देखिएको इलाका प्रहरी कार्यालय लहानले बताएको छ। । उनका अनुसार मंगलबार बिहान करिब ६ बजेतिर घटनास्थल पुगेको प्रहरीले मुचुल्का उठाई शव पोस्टमार्टमका लागि लहान प्रादेशिक अस्पताल पठाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *