Home  
Janahit Voice

बुझायो कांग्रेस रुपान्तरण अभियानले प्रतिवेदन

२ श्रावण २०८०, मंगलवार

काठमाडौँ –  नेपाली कांग्रेस रुपान्तरण अभियानका अगुवाले पार्टीलाई २१ बुँदे प्रतिवेदन प्रतिवेदन बुझाएका छन् । केन्द्रीय कार्यसमिति बैठकअघि अभियानले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत प्रतिवेदन पार्टीलाई बुझाएको अभियानका नेता जगदीश्वर नरसिंह केसीले बताए ।

अभियानकर्मीले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउन समय लिएका थिए । तर, सभापति देउवा केन्द्रीय कार्यालयमा पुग्न ढिलाई गरेपछि मुख्य सचिव कृष्णप्रसाद पौडेललाई प्रतिवेदन बुझाइएको छ ।

पत्रमा कांग्रेसलाई समयसापेक्ष सुधार नगरी रूपान्तरणका आकांक्षा र आवश्यकतालाई समयमै सम्बोधन नगरिए पार्टी सदस्यहरूमा झनझन निराशा बढ्दै जाने निश्चित रहेको उल्लेख छ । यस्तै पार्टीको लोकप्रिय जनाधार खस्किँदै जाने निश्चित रहेको उल्लेख छ ।

यस सन्दर्भमा पार्टी रूपान्तरणका प्रमुख मुद्दा र समाधानका विकल्पबारे कांग्रेस रूपान्तरण अभियानले सातवटै प्रदेश र डायस्पोरासँग प्रथम चरणको छलफल सम्पन्न गरी काठमाडौँ उपत्यकामा उपलब्ध प्राध्यापक, महिला तथा तरुण नेताहरूसँग समेत अन्तरक्रिया गर्दा प्राप्त सुझावहरूलाई पहिलो मस्यौदाका रूपमा सूचीबद्ध गरेका गरिएको उल्लेख छ ।

गत जेठ ११ देखि ३१ गतेसम्म कांग्रेस रूपान्तरण अभियानले सातै प्रदेश भेला गरेका थिए। त्यसपछि प्राध्यापक, तरूण लगायतसँग काठमाडौंमा रूपान्तरण अभियानले भेला गरेको थियो। पार्टी रूपान्तरणका लागि प्राप्त महत्त्वपूर्ण सुझावहरूलाई पार्टीको औपचारिक संरचनाभित्र थप छलफल र निर्णय गरेर कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।

जेठ महिनाभर सातै प्रदेश र डायस्पोराबाट आएका कार्यकर्ताको सुझावको आधारमा प्रतिवेदन तयार गरिएको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *