Home  
Janahit Voice

बालुवाटारमा मन्त्रीपरिषद् बैठक सुरु

३ श्रावण २०८०, बुधबार

काठमाडौँ – मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा मन्त्रीपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकमा समसामयीक विषयमा छलफल भइरहेको बताइएको छ ।

तेस्तै वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन गर्ने बिषयमा पनि छलफल हुने भएको छ।

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि गत बुधबारयता बैठक बस्न सकेको थिएन । पत्नी शोकमा एक साता औपचारिक कार्यक्रममा सक्रिय नभएका प्रधानमन्त्री प्रचण्ड आजबाट विभिन्न सार्वजनिक कार्यक्रममा सक्रिय हुने भएका छन् ।

प्रचण्ड आजै बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न गोरखा जाने भएका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *