Home  
Janahit Voice

सिनामंगलमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्र‍िय

३ श्रावण २०८०, बुधबार

काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ।

बुधबार बिहान काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकपेटीमा फेला परेको शंकास्पद वस्तुलाई निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्क्रिय पारेको हो। खोटाङ हलेसी ज्वेलर्स अगाडि उक्त शंकास्पद वस्तु फेला परेको हो। नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको पर्चा समेत फेला परेको थियो।

प्रहरीले यस घटनाबारे अनुसन्धान गरिरहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *