Home  
Janahit Voice

डेङ्गी देखापरेको १९ वर्षपछि सरकारले बनायो रोकथाम र नियन्त्रणको कार्ययोजना

३ श्रावण २०८०, बुधबार

काठमाण्डौ – नेपालमा डेङ्गी देखापरेको १९ वर्षपछि सरकारले कार्ययोजना बनाएर लागू गरेको छ ।

अहिलेसम्म रोग नियन्त्रणका कार्यक्रम गर्दै आएको भएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाएर लागू भने गरेको  थिएन यो  पहिलो पटक हो ।

डेङ्गी नियन्त्रणका लागि वार्षिक कार्ययोजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ।

धेरै जोखिम रहेका ९२ वटा पालिकामा एक्शन प्लानसहित विशेष सर्कुलर जारी गरेको   छ ।

सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, पालिका तथा रेडक्रसलगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको भूमिकाका बारेमा स्पष्ट पारिएको छ ।

नेपालमा सन् २००४ देखि अहिलेसम्म १९ वर्षको अवधिमा ८३ हजार ६ सय ८१ जनामा डेङ्गीको संक्रमण भएको छ ।

यसवर्ष असारसम्ममा २ हजार ९ सय ३० जनामा संक्रमण देखिएको छ । डेङ्गीको संक्रमण रोकथामका लागि संघ, प्रदेश र पालिकाबिच समन्वय भइरहेको पनि छ ।

सरकारको प्राथमिकतामा लामखुट्टे बस्ने ठाउँ खोजी र नष्ट, घरआँगन, कार्यालय वरीपरी पानी जमेको ठाउँ पहिचान गरी सरसफाइ गर्ने रहेको पनि बताइएको छ।

डा. का अनुसार लामखुट्टेको वृत्तिविकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुने गर्छ ।

मनसुनसँगै डेङ्गीका बिरामीको संख्या पनि बढेको बताउनुभयो । डेङ्गी एक जना संक्रमित बिरामीबाट अर्को बिरामीमा लामखुट्टेको माध्यमबाट सर्ने गरेको डा.  बताउँछन।

 

ग्यारेजमा फालिएका टायर, ड्रम, खाल्डाखुल्डीमा जमेको पानी डेङ्गी फैलाउने लामखुट्टेका बासस्थान मानिन्छ ।

तराईबाट पहाड हुँदै अहिले हिमालमा पनि डेङ्गीका संक्रमित देखिन थालेका डाक्टरले बताएका छन् ।

लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे सर्ने वातावरण सृजना नगर्नु नै यो रोग रोकथामको मुख्य उपाय रहेको डा.को भनाइ छ ।

डेङ्गी संक्रमण भएमा ज्वरो आउने, टाउको जीउ दुख्ने, वाकवाकी लाग्नेलगायतका लक्षण देखिन्छ ।

यस्ता लक्षण देखिएमा अस्पताल जान र रगत जाँच गर्न तथा डाक्टरको सल्लाह अनुसार घरमै आराम या उपचार गर्न पनि डा.को सुझाव छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *