Home  
Janahit Voice

एसीसी इमर्जिङ टिम्स एसिया कपमा यूएई ए माथि नेपालको जित

३ श्रावण २०८०, बुधबार

काठमाडौं – एसीसी इमर्जिङ टिम्स एसिया कप बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा यूएई ए माथि नेपालले ३ विकेटको जित हात पारेको छ ।

एसीसी इमर्जिङ टिम्स एसिया कपको इतिहासमा नेपालले हासिल गरेको यो केवल तेस्रो जित हो । यसअघि एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले दुई पटक हङ्कङलाई हराएको थियो ।

प्रतियोगिताको अन्तिम खेलमा जित निकाल्ने क्रममा नेपालले युएईले दिएको १५८ रनको लक्ष्य ७ विकेटको क्षतिमा २३ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले ४३ बलमा ९ चौका र ४ छक्काको मद्दतमा ७१ रन जोडे। अर्का ओपनर अर्जन साउद भने डकआउट भएका थिए।

नेपालका लागि देव खनाल र सन्दीप जोराले २४-२४ रन जोडे। कप्तान रोहित पौडेल ९ रन, गुल्सन झा ११ रन र पवन सर्राफ शून्यमा आउट भए। प्रतिश जिसीले ३ बलमा नटआउट ८ रन जोडे। बलिङमा युएईका फराजुद्दिनले ५ विकेट लिए।

त्यसअघि श्रीलंकाको कोलम्बोस्थित सारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४४ ओभरमा १५७ रनमा अलआउट भयो।

युएईका लागि ओपनर लवप्रित सिंहले अर्धशतक प्रहार गरे। कुशल भुर्तेलको बलमा सन्दीप जोराबाट क्याच हुनुअघि उनले ८२ बलमा ५२ रन जोडे।

बलिङमा नेपालका कुशल भुर्तेलले ६ विकेट लिन सफल भए। उनले १० ओभरमा ४० रन खर्चिए। उनले लिस्ट एको खेलमा पहिलो पटक ६ विकेट लिएका हुन्।

यस्तै श्याम (मौसम) ढकालले २ विकेट लिए। उनले ९ ओभरमा ४४ रन खर्चिए। कुशल मल्ल र पवन सर्राफले १-१ विकेट लिन सफल भए।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *