Home  
Janahit Voice

आज पनि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

४ श्रावण २०८०, बिहीबार

आज पनि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ। आजको बैठक बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू हुनेछ।

उक्त बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको पार्टीका दस एजेन्डा र अर्का महामन्त्री गगन थापाले पेस गरेको वार्षिक कार्ययोजनामाथि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा र सुझाव राख्ने क्रम जारी रहनेछ।

मंगलबारदेखि सुरु भएको बैठकको पहिलो दिन महामन्त्री शर्माले पार्टीको १० एजेन्डा प्रस्तुत गरेका थिए। अर्का महामन्त्री थापाले वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए।

महामन्त्रीद्वयको एजेन्डा र अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले पेश गरेको अनुशासन समितिको टिपोटमाथि केन्द्रीत रहेर बुधबार ६ प्रदेशका सभापतिसहित ४६ जना केन्द्रीय सदस्यहरूले धारणा र सुझाव प्रस्तुत गरेका थिए।

धारणा राख्ने क्रममा केही केन्द्रीय सदस्यहरूले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीको आलोचना गरेका थिए भने केहीले उनको बचाउ गरेका थिए।

बाँकी रहेका केन्द्रीय सदस्यहरूले आजदेखि आफ्नो धारणासहितको सुझाव राख्नेछन्। केन्द्रीय सदस्यहरूलाई विषयवस्तुमा केन्द्रीत रहेर बोल्नका लागि ७ मिनेटको समय निर्धारण गरिएको छ। ६ मिनेटमा जनाउ घन्टी बज्नेछ भने सातौं मिनेटमा माइक काटिन्छ। कांग्रेसले यसपटकको केन्द्रीय समिति बैठक लाइभ गर्दै आइरहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *