Home  
Janahit Voice

कोशी सरकारबारे काँग्रेसमै विवादः मुख्यमन्त्री बुढाथोकीलाई कार्वाही गर्न माग

४ श्रावण २०८०, बिहीबार

विराटनगर- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा कोशी प्रदेश सरकारबारे विवाद देखिएको छ । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति उद्धव थापाले केन्द्रीय सदस्य केशब बुढाथोकीलाई कारबाहीको माग गरेका छन् ।

बुढाथोकीले बुधबार कोशी प्रदेशमा सभामुखको प्रयोग गरेर सरकार निर्माण गर्नु असंवैधानिक भएको भन्दै त्यसबारे पार्टीले आफ्नो धारणा प्रष्ट गर्नुपर्ने बताएका थिए । उनले झापाको पार्टी लथालिंग बनाएको भन्दै पार्टीको प्रदेश अध्यक्षसमेत रहेका थापासहितको आलोचना गरेका थिए ।

बुढाथोकीको जवाफमा विहिबार पार्टीका प्रदेश अध्यक्ष रहेका मुख्यमन्त्री थापाले सभामुखले प्रदेशसभा सदस्यको हैसियतले सरकार गठनमा सहयोग गरेको जिकिर गर्दै आफ्नो पार्टीको सरकारको बचाउनमा लाग्नुपर्ने नेता विरोधमा उत्रिएकोले कार्वाही हुनुपर्ने माग गरे । ‘तपाईँले हिम्मत कार्कीलाई मुख्यमन्त्री माने हुन्छ, कांग्रेसको गठबन्धन दलले मुख्यमन्त्री मानेको उद्धव थापालाई तपाईँले मुख्यमन्त्री नमाने हुन्छ’ उनको आक्रोश थियो ।

मुख्यमन्त्री थापाले कार्यकर्तामा उत्साह जगाएको अवस्थामा नेताहरुले निराशा पैदा गर्न नहुने बताए। ‘कोशीमा कांग्रेसको सरकार बन्दा उत्साह आएको छ। गाउँ गाउँका कार्यकर्तामा उत्साहको लहर देखिएको छ’, उनले भने, ‘तर, हाम्रै नेता केशव बुढाथोकीले हिजो कोशीको सरकारविरुद्ध बोलेको सुनेँ। म अदालतमा जवाफ दिन गएको थिएँ तर यता हाम्रै नेताबाट आलोचना गर्ने काम भएछ।’

गत निर्वाचनमा कांग्रेसका उम्मेदवार हराउन बुढाथोकीले भूमिका खेलेको आरोपसमेत थापाले लगाएका छन् । ‘झापा २ मा कांग्रेसको गठबन्धनको उम्मेदवार हराउने उहाँ हो । देउमान थेबेलाई भोट नदेउ, हराउ भनेर मेसेज गर्नुभएको छ,’ उनले भने, ‘चुनावको बेला अस्ट्रेलिया जानुभयो । सकिएपछि फर्किनुभयो । पार्टीलाई संकट पर्दा भागेर जाने नेतालाई कारबाही हुनुपर्दछ ।’

झापा २ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका थेबे झापा जिल्ला सभापति समेत हुन् । थापा र थेबे दुबै नेता कृष्णप्रसाद सिटौला निकट छन् भने बुढाथोकी संस्थापन पक्षका हुन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *