Home  
Janahit Voice

चर्को विरोधपछि ‘ह्वाट द फ्लप’ को कार्यक्रम बन्द

४ श्रावण २०८०, बिहीबार

काठमाण्डौं- कान्तिपुर टेलिभिजनले अभिनेता पल शाहसँगको अन्तर्वार्ता प्रसारण गरेपछि तीव्र आलोचना खेपेको कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द गरेको छ।

उक्त कार्यक्रमअन्तर्गत गत असार २३ गते सञ्चालक सन्दीप क्षेत्रीले अभिनेता शाहसँग अन्तर्वार्ता लिएका थिए। जसमा उनीहरूले बलात्कारजस्तो गम्भीर र संवेदनशील विषयलाई हाँसी मजाकको विषय बनाएको भन्दै जनस्तरबाट व्यापक आलोचना भएको थियो।

त्यसपछि कान्तिपुर टीभीले उक्त अन्तर्वार्ता युट्युबबाट हटाएको थियो। आज बिहीबार सूचना जारी गरी टीभीले उक्त कार्यक्रम नै बन्द गरिएको जानकारी दिएको छ ।

कान्तिपुरले भनेको छ ,‘महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौं । चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौं, ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *